बिहीबार, जेठ ३, २०८१

केपी ओली कपः आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा

मेरोन्यूज २०७९ फागुन १५ गते १३:२८

काठमाडौं । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो फाइनल पुगेको हो ।

Advertisement

एन्फा कम्प्लेक्समा निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लब बीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया