बिहीबार, जेठ ३, २०८१

इटालीमा डुङ्गा डुब्दा ४३ आप्रवासीको मृत्यु

मेरोन्यूज २०७९ फागुन १४ गते २०:४६

काठमाडौँ । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन् ।

Advertisement

ुअहिलेसम्म ८० जनालाई जीवितै उद्धार गरिएको छ, जसमध्ये केही डुबेपछि किनारामा पुग्न सफल भएका छन्,ु तटरक्षक बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ुसमुद्री तटमा ४३ जनाको शव फेला परेको छ,ु विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्धारकर्मीहरूले एएफपीलाई बताएअनुसार डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार थिए भने समाचार तयार पार्दासम्म करिब ५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ ।

ुबालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन् । अझै धेरै समुद्रमा हराइरहेका छन्,ु क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने । यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ ।

इटालियन सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा बिहानै डुङ्गा डुबेको थियो ।

प्रतिक्रिया