बिहीबार, जेठ ३, २०८१

इटालीको समुन्द्री किनारमा ३३ शव भेटिए

मेरोन्यूज २०७९ फागुन १४ गते १७:५४

इटालीको क्यालाब्रिया तटमा एउटा डुङ्गा पल्टिएको छ । घटनामा नवजात शिशुसहित ३३ शरणार्थीको मृत्यु भएको थियो। यी शरणार्थीहरू पाकिस्तान, अफगानिस्तान र इराकबाट आएको बताइएको छ।

Advertisement

इटालीको समाचार एजेन्सीका अनुसार Staccato di Catro समुद्र तटमा २८ जनाको शव फेला परेको छ। अन्य शव समुन्द्रबाट निकालिएको छ ।

रिपोर्टका अनुसार डुङ्गामा १०० जना शरणार्थीहरू थिए। उनीहरु सबै अवैध रुपमा युरोप जान लागेका थिए । जसमध्ये ५० जनाको उद्धार गरिएको छ । टर्की, पाकिस्तान, अफगानिस्तान र इराकबाट शरणार्थीहरू पानीबाट इटाली आउँदै गर्दा खराब मौसमका कारण डुंगा चट्टानमा ठोक्किएर दुई टुक्रा भएको बताइएको छ ।

प्रतिक्रिया