बुधबार, जेठ २, २०८१

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

मेरोन्यूज २०७९ फागुन १४ गते १६:५३

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

Advertisement

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । नाबालिकलाई बलात्कार गरेको आरोपसँगै लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

आजको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरासी सापकोटाले बहस गरेका थिए । सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्ने छन् ।

यस्तै, आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।

प्रतिक्रिया