शुक्रबार, वैशाख १४, २०८१

जनयुद्ध र सहिद सप्ताह

आरबी खड्का २०७९ फागुन १४ गते १२:३८

आरबी खड्का
नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र नेपालको स्थापना गर्ने महान उद्देश्य र लक्ष्यका साथ माओवादीले १ फागुन २०५२ बाट ‘जनयुद्ध’ सुरु गर्‍यो ।जनयुद्धको बेला शहीदका परिवारले सन्तान र अभिभावक गुमाउने हजारौं आश्रीत सदस्यहरूको अहिले पनि बेहाल छ । द्वन्द्वपीडित नागरिकको आँखाबाट आँशुको भेल रोक्न गतिलो प्रबन्ध राज्यले गर्न सकेको छैन ।राष्टिय स्वाधिनता र सामाजिक न्याय प्राप्तिका लागि राजनितिक सत्ता परिवर्तनको जनयुद्धमा ज्यान गुमाउने सबै गणतन्त्र नेपालका शहीद हुन् । यो नै शहीद प्रति न्याय हो र शहीदको परिभाषा पनि यहि हो ।

नेपालका प्रथम शहीद लखन थापालाई मानिन्छ लखन थापाले तत्कालिन ब्यबस्थाको बिरुद्ध आवाज उठाउदा वलिदानि गर्नु पर्यो। त्यस्तै जहानिया राणा शासनविरुद्ध लड्दा दशरथ चन्द, गंगालाल, धर्म भक्त र सुक्रराजले सहादत प्राप्त गर्नु पर्यो । देशमा एउटा ब्यवस्था गएर अर्को ब्यवस्था स्थापना भई सक्दा पनि सहिदको परिभाषा र वर्गिकरण नहुनु दुःखद कुरा हो।

म गणतन्त्र, संघीयता र समाबेसिता सहितको नयाँ नेपाल बनाउने महान उद्देश्य लिई २०५२ सालमा कमरेड प्रचण्ड नेतृत्वमा सुरु भएको ऐतिहासिक जनयुद्ध, जसले शोषित, पीडित, मधेसी, महिला, दलित, जनजाति र अन्याय अत्याचारविरुद्ध सचेतना दिलायो, त्यही युद्धको महान सहिद, बेपत्ता र तत्कालिन सरकारी तवरबाट सताएको परिवारको सदस्य र यस्तै हजारौं परिवारको प्रतिनिधि पात्रको हो । देश सम्भावना र जटिल चुनौतीबीच गुज्रिरहेको छ । तपाईँ यसै समयमा देशको प्रधानमन्त्रीको भूमिकामा हुनुहुन्छ । अर्कोतिर मन्डले खोक्रो टपरटुइँया राष्ट्रवाद र अतिवादको जाँतोमा देश पिल्सिरहेको छ ।

प्रमज्यु तपाईंको यो चुनौतीपूर्ण घडी अग्नीपरीक्षा हो । तपाईंका केही सीमा होला् । ती स्वभाबिक मानवीय प्रवृतिका हुन । यी उल्लेखित प्रवृतिलाई चिर्दै उज्यालो नेपाल, समृद्ध नेपाल बनाउन तपाईंलाई समयले रोजेको छ ।

शहीद, बेपता योद्धाहरुले साथै विभिन्न जनाअन्दोलनले दिएका अभिभारा पुरा गर्दै देशलाई गणतन्त्रलाई हुर्काउन अझै अगाडि बढ्न कुनै पनि निर्णय गर्दा झुपडी तथा शहीद बेपत्ताहरुलाई सम्झदै बेसहारा र पछाडि पारिएका वर्गको हितमा काम गर्नुहोस् । नेपालको संसदीय ब्यवस्था कमजोर र धरासायी बन्दै गैरहेको छ ।

नेपाली जनताको माग प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डालाई आगामी चुनावमार्फत कायम गराउन, जनताले प्रत्यक्ष महसुस गर्ने गणतन्त्र, समावेशीता र संविधानलाई उपयोग गर्न गराउन तपाईंको उल्लेखेनीय भूमिका रहन्छ र रहनुपर्छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले अन्तिममा दिनुभएको भूमिकालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुहोस् ।

संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।

नेपालको भौगोलिक अवस्था यस्तो छ कि चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नु हाम्रो बाध्यता पनि हो। अहिले जातीय एकतालाई सन्तुलित राख्न सक्ने राष्ट्रिय राजनीति नेपालको आवश्यकता हो। नेपाललाई समृद्ध बनाउने जिम्मेवारी हामी नेपालीको मात्र हो।

जनयुद्धका उपलब्धिहरुको कारणले जनताका छोराछोरी राष्ट्रपति बन्ने, गाउँमा सिंहदरबारको अधिकार र न्याय प्रणालीमा सहज पहुँच तथा गरिब, दलित, महिला, मुस्लिम, मधेसी, जनजाति तथा पिछडिएका क्षेत्रहरुको संघियतासहितको समावेशी र समानुपातिक सहभागिता, आदि छन् ।

तत्कालीन नेकपा(माओवादी)द्वारा संचालित जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने प्रथम सहिद दिलवहादुर रम्तेलको गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए ।

गणतान्त्रिक आन्दोलनका वीर शहीदहरूलाई सम्झिरहने छौं ।अमर सहिदहरु हाम्रा साझा सम्पति हुन्, जसले समाजवाद तथा साम्यवादको बाटोतिर हिँड्नको निम्ति सबै क्रान्तिकारी तथा परिवर्तनकामी शक्तिहरुलाई प्रेरणा प्रदान गर्दछन् । त्यसैले सबैले महान सहिदहरुको बलिदान तथा सहिद दिवसको संरक्षण, रक्षा, संस्मरण तथा सम्मान गर्नु सबै वामपन्थी तथा क्रान्तिकारीहरुको दायित्व हो । महान जनयुद्ध , जनआन्दोलन, देश र जनताको मुक्ति र परिवर्तनको लागि भएका आन्दोलन मा बलिदानी गर्नु हुने महान शहीदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै महान सहिद परिवार जनमा हार्दिक सम्मान प्रकट गर्दछु ।

(आरबी खड्का प्रेस सेन्टर नेपाल
प्रवास कमिटिका इन्चार्ज हुन्
)

प्रतिक्रिया