बुधबार, जेठ २, २०८१

सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

मेरोन्यूज २०७९ फागुन १४ गते ११:१४

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । लामिछानेको मुद्दाको पहिलो नम्बरमै पेसी चढेको छ ।

Advertisement

सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ । त्यस्तै आफूलाई विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै सन्दीपले पनि पुनरावेदन गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया