बुधबार, जेठ २, २०८१

नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

मेरोन्यूज २०७९ फागुन १३ गते १४:४५

काठमाडौँ । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत कुवेतलाई ३४४ रनको विशाल लक्ष्य दिएको छ । कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाई विशाल लक्ष्य दिएको हो । 

Advertisement

मलेक क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३४३ रन बनाएको हो । नेपाललाई विशाल योगफलमा पुर्याउन कप्तान खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेले । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् ।

कप्तान खनालले एक सय १७ बलमा नौ चौका र तीन छक्कासहित एक सय २५ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो । अर्जुनले पनि एक सय १२ बलमा १२ चौकासहित एक सय ८ रन जोडेका थिए । अर्जुनको पनि यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए । 

यसअघि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए । 

प्रतिक्रिया