शुक्रबार, जेठ ४, २०८१

टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार पुग्यो, १ लाख ६ हजार बढी भवन ध्वस्त

मेरोन्यूज २०७९ फागुन १३ गते १२:३६

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको कुल संख्या ५० हजार पुगेको छ । त्यहाँ शक्तिशाली भूकम्पका कारण ५ लाख २० हजार अपार्टमेन्टसहित १ लाख ६० हजार भवन भत्किएका छन् ।

Advertisement

फेब्रुअरी ६ मा टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु टर्कीको दक्षिणी गाजियनटेप थियो ।

यसबाट मानिसहरू निको हुन नपाउँदै केही समयपछि अर्को भूकम्प गयाे, यसको तीव्रता रिक्टर स्केलमा ६.४ म्याग्निच्युड थियो। भूकम्पको धक्काको यहीँ रोकिएन । समय समयमा भूकम्पका झट्का आइरहे । मलात्या, सानलिउर्फा, ओस्मानीए र दियारबाकिरलगायत ११ प्रान्तमा यसले विनाश ल्यायो।

त्यहाँ भूकम्पमा परेकाकाे उद्धारका लागी विभिन्न देशले उद्धार टाेली पठाएका थिए । साथै राहात पनि पठाएका छन् ।

प्रतिक्रिया