बुधबार, जेठ २, २०८१

खेलाडीलाई नियन्त्रण नगरेको भन्दै आर्सनल र म्यानचेस्टरलाई जरिवाना

मेरोन्यूज २०७९ फागुन १३ गते ८:५९

काठमाडाैं। फुटबल संघ (एफए) ले इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । 

Advertisement

गत महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो ।

आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड जरिवाना गरिएको एफएले जनाएको छ।

आर्सनलले एफए कपमा अक्सफोर्ड युनाइटेडविरुद्ध खेलमा पनि अनुशासन कायम नगरेको भन्दै थप २० हजार पाउन्ड जरिवाना तोकिएको छ ।

 आर्सनल र सिटीले खेलको दौरान विभिन्न समयमा रेफ्री एन्थोनी टेलरलाई घेरेको अभियोगनमा उक्त जरिवाना तोकिएको हो ।

सिटीले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो तर सिटीका एर्लिङ ब्राउट हालान्डले पेनाल्टी पाएपछि आर्सनलले विरोध गरेको थियो, यो निर्णय भिएआरले उल्ट्याएको थियो ।

एडरसनको चुनौती र पछि एडी एकेटियाहलाई फाउल गरेपछि आर्सनललाई पहिलो हाफमा पेनाल्टी दिने निर्णयमा पनि सिटी असन्तुष्ट बन्दै रेफ्रीको आलोचना गरेको थियो । सो आलोचना पछि टोली माथी छानबिन भएको थियो । 

आर्सनल २३ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी २४ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया