बिहीबार, जेठ ३, २०८१

चीनद्वारा अमेरिकालाई आधिपत्यभाव त्याग्न आग्रह

मेरोन्यूज २०७९ फागुन १२ गते २०:२९

काठमाडौँ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिका सत्य कुरा सुन्न अभ्यस्त नभएको र अझै पनि आफ्ना समस्याको सामना गर्न इच्छुक नरहेको टिप्पणी गरेका छन् ।

Advertisement

चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले चिनियाँ पक्षले जारी गरेको अमेरिका सम्बन्धित प्रतिवेदनका सम्बन्धमा गरेको ट्वीटको जवाफमा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरे ।

प्रवक्ता वाङले उक्त प्रतिवेदनले सत्य बोल्ने र विश्वसामु अमेरिकी आधिपत्यवादी व्यवहारलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नेबाहेक अरु केही नभएको बताएको छ ।

साथै, अमेरिकाले वर्चस्व लाद्ने वा धम्कीपूर्ण व्यवहार गर्न खोज्नबाट अलग रहनु पर्छ र अन्य देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नु पर्छ । ‘शान्तिपूर्ण सहअस्तित्वको बाटो खोज्नु पर्छ,’ प्रतवक्ताले भने ।

प्रतिक्रिया