बिहीबार, जेठ ३, २०८१

सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले रोक्यो

मेरोन्यूज २०७९ फागुन १२ गते १७:२९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । विदेश जान प्रतिबन्ध फुकुवा हुनु पर्ने मागसहित गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएसँगै उनी क्रिकेट खेल्न भोलि विदेश जान नपाउने भएका हुन् ।

Advertisement

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको छ ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो । जसका कारण यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टोलीमा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।

प्रतिक्रिया