बिहीबार, जेठ ३, २०८१

रुस–युक्रेन युद्धः राष्ट्रपति जेलेन्स्कीले भने- याे वर्ष हाम्राे जित हुनेछ

मेरोन्यूज २०७९ फागुन १२ गते १६:४७

रुस–युक्रेन युद्धकाे आज एक वर्ष पूरा भएको छ । यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले २०२३ युक्रेनीकाे विजयको वर्ष हुने बताएका छन् ।

Advertisement

उनले ट्वीट गर्दै लेखेका छन्, ‘युद्धको वर्षले पीडा, दुःख, विश्वास र एकता देखाउँछ। २०२३ हाम्रो विजयको वर्ष हुनेछ।’

जेलेन्स्कीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन पनि गरेका थिए । उनले भने, ‘२४ फेब्रुअरी २०२२ बाट हाम्रो जीवनको सबैभन्दा ठूलो र कठिन दिनहरू सुरु भए । त्यो दिन बम विष्फोटको आवाजले हामी ब्यूँझ्यौँ र त्यसबेलादेखि नै जागिरहेका छौँ । रुसले भनेकाे थियाे युक्रेन ७२ घण्टा पनि टिक्ने छैन तर हामी आजसम्म सामना गरिरहेका छौं ।’

जेलेन्स्कीले थपे, ‘युद्ध सुरु हुँदा हामी पछि हटेनौँ । यो हाम्रो बहादुरी, जोश र विश्वासको प्रमाण हो। देशको रक्षाका लागि हजारौंले ज्यान गुमाएका छन् । उहाँहरु सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । यो वर्ष वीरता, आशा, पीडा र एकताको वर्ष थियो । हामीले हार मानेका छैनौं र यो वर्ष हामी लडाई जित्नको लागि जे पनि गर्नेछौं।’

प्रतिक्रिया