शुक्रबार, जेठ ४, २०८१

रुस-युक्रेन युद्धको एक वर्षः विनाश, शोक र आफ्नाबाट अलग्गिएर देशको लागि लड्ने भावना

मेरोन्यूज २०७९ फागुन १२ गते १३:३०

रुसले युक्रेनमा आक्रमण गर्यो । कहिले बालबालिकाको विद्यालयमा क्षेप्यास्त्र प्रहार गरियो त कहिले अस्पताललाई निशाना बनाइयो । हमलामा के बच्चा के बूढा गर्भवती महिलालाई पनि छोडिएन।

Advertisement

रुसले एक वर्षदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ, तर न जेलेन्स्कीले घुँडा टेकेका छन् न त देशका जनतालाई झुक्न दिएका छन् ।

युक्रेन महाशक्ति रसियाको अगाडि लामो समयसम्म उभिन सक्छ भन्ने कसैले सोचेको थिएन। तर युक्रेनी सेनालाई समर्थन गर्न आम नागरिकले पनि हतियार उठाए। रुँदै परिवारलाई देश बाहिर पठाए तर स्वयम् देशको लागि अडिग रहे ।

रुस आफुले युद्ध नचाहेको बारम्बार बताउँदै आएको छ । प्रश्न यो हो कि युद्ध कहिले समाप्त हुन्छ र युक्रेन कहिलेसम्म यो शोकको छायाँमा रहन्छ।

प्रतिक्रिया