शुक्रबार, जेठ ४, २०८१

तीन हजार बढी अफगानीको स्वदेश फिर्ती

मेरोन्यूज २०७९ फागुन ११ गते २१:३८

काठमाडौँ । इरानमा शरणार्थी जीवन बिताइरहेका तीन हजारभन्दा बढी अफगान नागरिक स्वदेश फर्केका छन् ।

Advertisement

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज तीन हजार पाँच सय ४१ जना अफगानी स्वदेश फर्केका जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ । बितेका छ महिनामा इरानबाट दुई लाख ७० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन् ।

पच्चीस लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै सङ्ख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ ।

प्रतिक्रिया