शुक्रबार, जेठ ४, २०८१

खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता

मेरोन्यूज २०७९ फागुन ११ गते १६:२७

काठमाडौँ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनः शुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा ४९ जना बेपत्ता छन् ।

Advertisement

उद्धारकर्ताले भग्नावशेषबाट १० जनालाई बाहिर निकालेका छन् । जसमा चार जनाको मृत्यु भएको पाइएको छ । छ जना घाइते छन् । घाइतेलाई अस्पताल लगिएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।

प्रतिक्रिया