शुक्रबार, जेठ ४, २०८१

सन्दीप लामिछानेले गुमाए युएईको खेल, परेनन् राष्ट्रिय टोलीमा

मेरोन्यूज २०७९ फागुन ११ गते १५:२४

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को युएईमा हुने खेलमा सन्दीप लामिछाने जान नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछाने नपरेका हुन् । उनको ठाउँमा प्रतिस जिसीलाई परेका छन् ।

Advertisement

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई समावेश नगरेको जनाएको छ । नेपालले लिग २ अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दै छ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदै छ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

प्रतिक्रिया