शुक्रबार, चैत १६, २०८०

एक सय मेगा पिक्सेलको ‘हनर एक्स एट ए’ नेपाली बजारमा आउँदै

मेरोन्यूज २०७९ फागुन १० गते १२:०५

काठमाडौं । एक सय मेगापिक्सेल अल्ट्रा क्यामेरा भएको ‘हनर एक्स ८ ए’ नेपाली बजारमा आउने भएको छ।

गत महिना हनर एक्स नाइन ए फाइभजी र हनर एक्स सेभेन एको सफलतापछि नेपालमा हनर उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो अर्को नयाँ स्मार्टफोन अर्थात हनर एक्स एट ए नेपाली बजारमा ल्याएको हो।

एलिजेन्ट र स्लिम हनर एक्स एमा १०० एमपी अल्ट्रा क्यामेरा, ६ दशमलव ७ इन्चको इगलेस डिस्प्ले, आठ जीबी र्‍याम, १२८ जीबी इन्टरनल स्टोरेज छ।

थप जानकारीको लागि हनरको आधिकारिक वेबसाइट www.hihonor.com मा जान सक्नुहुन्छ ।

Advertisement

प्रतिक्रिया