बुधबार, जेठ २, २०८१

स्कटल्याण्डविरुद्धको खेल : करणको उपलब्धी, रोहितले रचे इतिहास

मेरोन्यूज २०७९ फागुन ९ गते १३:१३

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्डको आजको खेलमा नेपालका दुई खेलाडीले उपलब्धी हासिल गरेका छन् । अलराउण्डर करण केसीले आफ्नो व्यक्तिगत उपलब्धी हासील गरेका छन् भने कप्ता रोहित पौडेलले इतिहास रचेका छन् ।

Advertisement

आजको खेलबाट नेपाली क्रिकेट टोलीका अलराउन्डर केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । उनले ३२ एक दिवसीय खेलमा ५० विकेट पूरा गरेका हुन् । स्कटल्याण्डविरुद्धको खेलमा माइकल लीस्कलाई आउट गर्दै करणले यो उपलब्धी हात पारेका हुन् ।

यो सँगै करण नेपालका लागि एकदिवसीयमा ५० विकेट लिने तेस्रो बलर बने । यसअघि नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट लिइसकेका छन् । सन्दीपले सन्दीपले ३४ खेलमा ८२ तथा सोमपालले ३५ खेलमा ५२ विकेट लिएका छन् ।

त्यस्तै नेपाली क्रिकेट टिमका कप्तान पौडेल आजको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेलमा टस जित्ने पहिलो नेपाली कप्तान बन्दै इतिहास रचे ।

यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय दुई खेलसम्म लगातार टस जितेको थियो । रोहितले यही श्रृंखलाको अघिल्लो तीन खेलमा लगातार टस जितेका थिए । तिनवटै खेलमा नेपाल विजयी भएको थियो ।

रोहितले चारवटै खेलमा टस जितेर पहिला फिल्डिङ रोजेका थिए ।

प्रतिक्रिया