मंगलबार, जेठ १, २०८१

आईसीसी विश्वकप लिग-२ : नेपाल र स्कटल्याण्डबीचको खेल जारी

नेपालले ४२ रनमा एक विकेट लिएको छ

मेरोन्यूज २०७९ फागुन ९ गते ९:०२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेल नेपाल र स्कटल्याण्डबीच सुर भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ ।

स्कटल्याण्डले ७ दशमलव छ ओभरमा ४२ रन बनाएर एक विके६ गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका छन् ।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।

रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपालबाट दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल खेलिरहेका छन्।

नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया