मंगलबार, जेठ १, २०८१

स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनको लक्ष्य

मेरोन्यूज २०७९ फागुन ८ गते १३:११

काठमाडौं । स्कटल्यान्डलाई २२१ रनमा अलआउट गर्दै नामिबियाले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा मध्यम लक्ष्य पाएको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ४८.४ ओभरमा अलआउट हुँदै २२१ रन बनाएकाे हो ।

चार खेलको शृंखलामा पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग पराजित भएको नामिबिया आज पनि पराजित भए जितविहीन रहँदै घर फर्किनेछ ।

प्रतिक्रिया