मंगलबार, जेठ १, २०८१

नामिबियाविरुद्ध नेपाल विजयी, तीन खेलाडीले बनाए अर्धशतक

मेरोन्यूज २०७९ फागुन ६ गते १६:४९

काठमाडौं । त्रिवि किक्रेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले जित हात पारेको छ ।

Advertisement

नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले ३ विकेट बाँकी हुँदै पूरा गरेको हो । नेपालको जितमा ब्याटिङतर्फ ज्ञानेन्द्र मल्ल, आसिफ सेख र कुशल मल्लले अर्धशतक पूरा गरे ।

खेलमा नेपालका लागि ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए ।

आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । यो एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।

प्रतिक्रिया