मंगलबार, जेठ १, २०८१

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

मेरोन्यूज २०७९ फागुन ६ गते १२:४६

काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत जारी खेलमा नेपाललाई नामिबियाले २७५ रनको लक्ष्य दिएको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो।

पूर्व कप्तान सन्दीप लामिछानेले १५औं र १८अ‍ैंं ओभरमा गरि तिन विकेट लिएका थिए । ४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।

पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले आजको यो दोस्रो खेलमा पनि जित निकाल्ने बलियो सम्भावना देखिएको छ ।

प्रतिक्रिया