मंगलबार, जेठ १, २०८१

लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपले लिए दुई विकेट

मेरोन्यूज २०७९ फागुन ६ गते १०:४१

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। 

Advertisement

नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ  ओभरको पाँचौँ बलमा दोस्रो बिकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभरको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ।

नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया