आइतबार, जेठ ६, २०८१

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति बैडतीको अध्यक्षमा भट्ट

मेरोन्यूज २०७९ फागुन ५ गते २०:४१

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति बैडतीको अध्यक्षमा गोविन्द प्रसाद भट्ट निर्वाचित भएका छन् ।

Advertisement

चौथो जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा वीरसिंह महरा, शंकरदत्त अवस्थी र तारा कार्की निर्वाचित भएका छन् ।

सचिवमा प्रकाश कापडी भट्ट, सहसचिवमा रामप्रसाद बडू, कोषाध्यक्षमा लोकेन्द्र देव भट्ट निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा अनिता जोशी, प्रमानन्द ऐरी, नरेन्द्र विष्ट, दानसिंह विष्ट, लालमती भट्ट, खेमराज भट्ट, विष्णुदत्त भट्ट र दलबहादुर विष्ट निर्वाचित भएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला सहइन्चार्ज प्रेम प्रकाश भट्ट प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल राष्ट्रिय कर्मचारी संघ सुदूरपश्चिम इन्चार्ज बलदेब कपाडी रहेका थिए ।

प्रतिक्रिया