आइतबार, जेठ ६, २०८१

सप्तरीमा महिलाले गरिन् आत्मदाह

मेरोन्यूज २०७९ फागुन ५ गते २०:१९

काठमाडौँ । सप्तरीमा एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेकी छन् ।

Advertisement

आत्मदाह गर्नेमा तिलाठी कोइलाडी गाउँपालिका ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साह रहेकी छन् ।

घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

उनले शरीरमा आगो लगाउनुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया