आइतबार, जेठ ६, २०८१

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियूलाई केपी ओलीको निर्देशन

मेरोन्यूज २०७९ फागुन ५ गते १८:४९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पार्टी निकट विद्यार्र्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएका छन् ।

Advertisement

अनेरास्ववियूको नवनिर्वाचित केन्द्रीय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सपथ ग्रहण गराउने क्रममा उनले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुट्नु पर्ने अवस्था रहेको बताउँदै निर्देशन दिएका हुन् । स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ ।

उनले स्ववियू निर्वाचनमा टिक्न नसकेकै कारण नेविसंघको जन्म भएको उल्लेख गर्दै उसलाई परास्त गर्नेगरी अन्य संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि अनेरास्ववियू सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

‘फेरि चैत्र ५ गते स्ववियू निर्वाचन आउँदैछ, नेविसंघ स्ववियू निर्वाचनमा टिक्न नसकेर जन्मेको संगठन हो, फेरि भिड्न आउँदै छ, अब तपाईहरुले त्यसको तयारी गरिहाल्नु हुनेछ,’ उनले भने, ‘अहिले तपाईंहरुले स्ववियूको निर्वाचनमा जाँदा अहिले नै एक महिना बाँकी छँदै तयारी गर्नुस्, शालिन र नम्र व्यवहार गर्नुस् ।’

अनेरास्ववियूको हालै सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ केन्द्रिय कमिटी चयन गरेको थियो ।

प्रतिक्रिया