बुधबार, जेठ २, २०८१

७७ रनमै ५ विकेट गयो नेपालको

मेरोन्यूज २०७९ फागुन ५ गते १३:३१

काठमाडौँ । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआईमा नेपालले ७७ रन बनाउँदा ५ विकेट गुमाएको छ ।

Advertisement

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेट गुमाएर २७४ रन बनाएको हो ।

नेपालले १० दशमलव ५ ओभरमा ५ विकेटट गुमाएर ७७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, सन्दीप जोरा र आरिफ शेक आउट भएका छन् ।

स्कटल्याण्डका लागि तीन विकेट क्रिस सोलले लिएका छन् ।

प्रतिक्रिया