बिहीबार, जेठ ३, २०८१

क्रिकेट विश्वकप लिग–२ : नेपालले टस जितेर बलिङ गर्दै

मेरोन्यूज २०७९ फागुन ५ गते ८:२५

काठमाडौं। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ।

Advertisement

कीर्तिपुर क्रिकेट मैदानमा नौ बजेबाट खेल सुरु हुने छ। नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो। स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो।

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो  ।

प्रतिक्रिया