बुधबार, जेठ २, २०८१

क्रिकेट विश्वकप लिग-२ : नेपाल र स्कटल्याण्डबीच प्रतिष्पर्धा हुँदै

मेरोन्यूज २०७९ फागुन ५ गते ७:५७

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

Advertisement

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो  ।

नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि विकेट नगुमाइ नामिवियालाई पराजित गरेर शिर्षस्थानमा छ। 

प्रतिक्रिया