आइतबार, जेठ ६, २०८१

एमालेको दुई महिने ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदै

मेरोन्यूज २०७९ फागुन ५ गते ७:४३

काठमाडौं । नेकपा एमालेको दुई महिले ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदैछ । गत २६ माघमा बसेको स्थायी समिति बैठकले गरेको निर्णय अनुसार अभियान आजबाट सुरु हुन लागेको हो ।

Advertisement

एमाले अध्यक्ष केपी शर्माओलीले सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु हुने एमालेले जनाएको छ ।

एमालेका अनुसार  बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिना खटाउने निर्णय गरेको थियो । यो अभियानमा एमालेले एक केन्द्रीय सदस्यलाई ३ पालिकाको जिम्मेवारी दिएको छ । 

केन्द्रीय नेताहरूलाई संयोजन गर्न सात प्रदेशमा पदाधिकारीको संयोजकत्वमा संयोजन समितिसमेत बनाइएको छ ।

प्रदेश–१मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको संयोजनमा सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की छन् ।

मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजनमा सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल छन् ।

बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेको संयोजनमा गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ छन् ।

गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीको संयोजनमा सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा छन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापाको संयोजनमा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे छन् ।

कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको संयोजनमा सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी छन् ।

सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजनमा लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा छन् ।

केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको संयोजनमा उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा.भीष्म अधिकारी रहेको विशेष समिति पनि एमालेले अभियान सफल पार्न बनाएको छ।

प्रतिक्रिया