आइतबार, जेठ ६, २०८१

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

मेरोन्यूज २०७९ फागुन ५ गते ७:०९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । फागुन ७ गते शनिबार बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

Advertisement

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने जनाइएको छ । बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया