आइतबार, जेठ ६, २०८१

समिक बडाल अनेरास्ववियुको अध्यक्षमा निर्वाचित

मेरोन्यूज २०७९ फागुन ५ गते ६:५५

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

Advertisement

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।

निर्वाचन समितिले औपचारिक रुपमा मत परिणाम सार्वजनिक गर्न बाँकी छ । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको मत गणनामा रहेका एक नेताले जानकारी दिए ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भएका छन् ।

प्रतिक्रिया