आइतबार, जेठ ६, २०८१

प्रदेश १ को उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना

मेरोन्यूज २०७९ फागुन ५ गते ६:४५

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार दिउँसो प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुुसार राति भने  देशको  पहाडी भू–भागमा  आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले सर्तक रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया