आइतबार, जेठ ६, २०८१

ग्यास सिलिण्डर विस्फोटबाट घाइते सांसद भण्डारीको आज दुई पटक अपरेशन गरिने

मेरोन्यूज २०७९ फागुन ५ गते ६:३५


काठमाडौँ । ग्यास सिलिण्डर विस्फोटमा घाइते भएर थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्रकान्त भण्डारीको आज दुई वटा अपरेशन गरिने भएको छ ।

Advertisement

उनीसँगै रहेका योगराज शर्मा कँडेलका अनुसार आज बिहान साढे १० बजे पहिलो र दिउँसो साढे एक बजे दोस्रो अपरेशन गर्ने जानकारी डक्टरहरूले दिएका छन् ।

डा. भण्डारीलाई अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न डा. सुनिल केस्वानीले भण्डारीको शरीरमा फ्लुडको मात्र दोब्बर गरेर शुक्रबार दुई अपरेशन गर्ने जानकारी दिएका छन् ।

अर्का डाक्टर संदपि मिस्त्रीले भण्डारीका शरीरका सवै पारामिटरहरू सामान्य रहेको तर अव्जरवेशनका लागि ४८ घण्टा भन्टील्सन मै राखिने जानकारी दिए । उनले सांसद डा. भण्डारी जोखिममुक्त रहेकाले आत्तिन नपर्ने पनि बताएका थिए ।

बुधबार साँझ बुद्धनगरस्थित निवासमा भएको ग्यास विस्फोटमा परि भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

उनकी आमा हरिकलाको बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो एयर एम्बुलेन्सबाट थप उपचारका लागि मुम्बई पु¥याइएको हो ।

प्रतिक्रिया