आइतबार, जेठ ६, २०८१

निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश

मेरोन्यूज २०७९ फागुन ४ गते १८:२७

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाउने सबै उम्मेदवारमाथि तत्काल कारबाही नगर्न आदेश दिएको छ ।

Advertisement

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको जनाएको हो ।

निर्वाचन आयोगले खर्च समयमा खर्च विवरण नबुझाएको भन्दै स्थानीय तह निर्वाचनका उम्मेदवारलाई जरिवाना तिर्न ताकेता गरेको थियो ।

प्रतिक्रिया