आइतबार, जेठ ६, २०८१

अवैध दुई लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

मेरोन्यूज २०७९ फागुन ४ गते १७:४१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डब्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित दुई हजार दरको दुई लाख ४० हजार भारतीय रुपैयाँसहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

एयर इण्डियाको उडानद्वारा काठमाडौँबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद भारतीय रुपैयाँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया