आइतबार, जेठ ६, २०८१

संसदलाई ‘बिजनेश’नै नदिएको भन्दै सरकारको आलोचना

मेरोन्यूज २०७९ फागुन ४ गते १५:४८

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले संसदलाई ‘बिजनेश’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरुको कार्यशैलीप्रतिनै असन्तुष्टि जनाए ।

Advertisement

बिहीबार सिंहदरवारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले बैठक भनेर समय बिताउने मन्त्रीहरुको तौरतरिका ठिक नभएको बताए । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण गराए । दाहालले भने, ‘बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन ।

दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ नि । बेलुका सचिवसँग बसेर भोलीका लागि कामको बारेमा छलफल गरे पो हुन्छ । मन्त्रीहरुको काम गर्नै तौरतरिका एकदम गलत भन्ने मलाई लाग्दछ । संघीयता हामीले ल्यायौं । समितिहरु धेरै भए ।’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले संसदलाई ‘विजनेश’नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले निजामती कर्मचारी ऐन कहाँ छ ? भनि सरकारलाई प्रश्न समेत गरे । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।

उनले भनिन्, ‘निजामती ऐन कता लुगेको छ ? अहिलेको यो सरकारले विजनेश नै दिएन पार्लियामेन्टलाई । ऐन भटाभट आउनु प¥यो संसदमा । समिति बस्छन । त्यस विषयमा छलफल गर्छन । ऐनकै अभावमा प्रदेश र स्थानीय तहले कानुन बनाएर काम गर्न सकेका छैनन् ।’

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भिर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरुलाई आग्रह गरिन् । उनले महिला जनप्रतिनिधिहरु संघीयताको भावना अनुसार काम गर्न अझ बढि जिम्मेवार बन्नुपर्ने देखिएको पनि बताइन् ।

प्रतिक्रिया