सोमबार, जेठ ७, २०८१

आन्दोलनको नाममा लुटपाट मच्चाउनेमाथि छानबिन होस् : कांग्रेस

मेरोन्यूज २०७९ फागुन ३ गते १२:१४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालाजु क्षेत्रमा आन्दोलनका नाममा भएको लुटपाटको यथाशीघ्र छानबिन गर्न माग गरेको छ ।

Advertisement

प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बालाजुमा क्षेत्रमा भएको घटनाप्रति सरकारको ध्यानकर्षण गराएका हुन् । दिनदहाडै आन्दोलनको नाममा लुटपाट हुँदा समेत सरकारले केही गर्न नसकेको आरोप लगाए । डा. महतले न्यायोचितरूपमा यातायात मजदुरको माग सम्बोधन गर्न सरकारसँग माग गरे ।

‘मजदुरको नाममा त्यहाँ को प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेका छन् ? त्यहाँको घटना पूरै भिडिओमा आएको छ । कुनै कारबाही अगाडि बढ्दैन । त्यसले हामीलाई गम्भीर बनाएको छ,’ डा. महतले भने, ‘काठमाडौंको मुटुमा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन सक्दैन भने दूरदराजमा बस्ने नागरिको हालत के होला ? दोषीलाई तत्कालै कारबाही गर्न माग गर्छु ।’

मजदुरको नाममा गैर मजदुर प्रवेश गरेको हो वा होइन यथार्थ छानबिन गर्न उनले माग गरे ।

प्रतिक्रिया