सोमबार, जेठ ७, २०८१

‘खिचडी गठबन्धन’ संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध छैन : माधवकुमार नेपाल

मेरोन्यूज २०७९ फागुन ३ गते १०:०८

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई ‘खिचडी गठबन्धन’को संज्ञा दिएका छन् । उनले यो गठबन्धन संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध नभएको पनि दाबी गरे ।

Advertisement

कास्कीको पोखरामा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले गठबन्धन परिवर्तनप्रति गौरवबोध गर्ने खालको पनि नभएको बताए ।

उनले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताउँदै त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान गरेका छन् ।

राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले यस्तो धारणा राखेका हुन् ।

उनले नेकपा एमालेको राष्ट्रपति भए देश बर्बाद हुने जिकीरसमेत गरे ।

प्रतिक्रिया