आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्रीसँग क्वात्राको दिउँसो औपचारिक र राति गुपचुप वार्ता

देउवा, प्रचण्ड, ओलीलाई सोमबार क्रमश: भेटेका भारतीय विदेश सचिवले दोहोर्‍याएर फेरि प्रचण्डसँग बेलुकी भेट गरेको खुलासा

मेरोन्यूज २०७९ फागुन ३ गते ८:३४

काठमाडौं । दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किन बंगलादेश पुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेटवार्ता गरेको खुलेको छ ।

Advertisement

सोमबार काठमाडौं आएका उनले त्यही दिन साँझ र अबेर बेलुकी गरी दुई पटक भेटवार्ता गरेको बालुवाटार स्रोतलाई उदधृत गदैं कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

विपक्षी कांग्रेस सभापति शेरवहादुर देउवालाई देउवा निवासमा भेटवार्ता गरेपछि क्वात्रा प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि सिधै सत्तारुढ दलकै प्रमुख घटक नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली भेटन बालकोट पुगेका थिए ।

नेपालको सत्ता राजनीतिका प्रमुख तीन खेलाडी नेताहरु देउवा, प्रचण्ड र ओलीसँग क्रमशः भेट गरेका भारतीय राजदूत क्वात्राले यी भेटमा कुटनीतिक भन्दा बढी राजनीतिक विषयमा केन्द्रीत रहेर छलफल गरेको स्रोतको भनाई छ । ओलीसँग भेट पछि क्वात्रा फेरि बालुवाटार अवेर राती प्रवेश गरेर प्रधानमन्त्रीसँग छुटटै वार्ता गरेको खुलेको हो ।

प्रधानमन्त्रीसँग सोमबार नै भएको दोस्रँे भेटका बारेमा भने औपचारिक रुपमा न भारतीय पक्षबाट सार्वजनिक गरिएको छ , न प्रधानमन्त्रीको सचिवालयबाटै नै । यो भेटघाट गुपचुप दुबै पक्षले राखेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

देउवा, प्रचण्ड, ओली र फेरि प्रचण्डसँग वार्ता गरेर क्वात्रा सोमबार नक्सालस्थि मेरियट होटलमा पुगेर सुतेका थिए । त्यसपछि उनले मंगलबार पनि राजनीतिक भेटघाटलाई तीव्र बनाएर फर्केका थिए ।

नेपालका राष्टपति, प्रधानमन्त्री, सत्ता र विपक्षी दलका नेताहरुसँगको अलग अलग भेटवार्तामा क्वात्राले नेपालको पछिल्लो राजनीतिक समकिरण र नयाँ राष्ट्रपतिको निर्वाचनबारे छलफल गरेको स्रोतले जनाएको छ । प्रचण्ड र क्वात्राबीच बेलुकीको छलफल दुई घण्टासम्म चलेको बालुवाटार स्रोतले खुलासा गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो बोकेर क्वात्रा नेपाल आएको अनुमान गराइएपनि औपचारिक निम्तो भने प्रधानमन्त्रीलाई भारतीय पक्षले गरेको छैन । एकै दिन दुईरदुई पटक भेट भए पनि प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंगो लागेको छैन । ‘केही दिन पर्ख र हेरमा रहने भारतको रणनीति देखियो,’ बालुवाटारका एक अधिकारीलाई उदधृत गदै भनिएको छ, ‘राष्ट्रपति निर्वाचनको तस्बिर प्रस्ट भएपछि मात्रै प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको बुझिन्छ ।’

प्रतिक्रिया