आइतबार, जेठ ६, २०८१

मौसमी प्रणालीको प्रभाव न्यून हुँदा पानी पर्ने सम्भावना देखिएन

मेरोन्यूज २०७९ फागुन ३ गते ७:१६

काठमाडौं । नेपालामा आज पनि कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको छ ।

Advertisement

अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भए पनि देशका बाँकी भू–भागमा मौसम सफा छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भाग सफा नै रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भूभागहरूमा आँशिक बदली रहने छ ।

प्रतिक्रिया