आइतबार, जेठ ६, २०८१

अनेरास्वियुको महाधिवेसन : आजबाट नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने

मेरोन्यूज २०७९ फागुन ३ गते ६:५९

काठमाडौं। नेकपा एमालेको विद्यार्थी भ्रातृसंस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनमा आजबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ । 

Advertisement

नेताहरूले सकभर सहमतीबाट नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् । सहमती नभएमा निर्वाचनबाटट नेतृत्व चुन्ने तयारी छ । अनेरास्वियुले लामो समयदेखि निर्वाचनबाट नेतृत्व चयन गर्न सकेको छैन ।  

नयाँ नेतृत्व चयन गर्न महाधिवेशन उदघाटनकै दिन मंगलबार निवर्तमान अध्यक्ष सुनिता बरालले आफू नेतृत्वको समिति भंग भएको घोषणा गरिन् ।

उनले नयाँ नेतृत्व चयनका लागि भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरेकी छन् । अध्यक्ष मण्डलमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खडका, माधव ढुंगेल, किशोरबिक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य छन् । 

अखिलको नेतृत्वमा पुग्न लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले लविङ गरिरहेका छन् ।

‘निः शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित सुरु भएको अखिलको २३ औं राष्ट्रिय महाधिवेशनको हिजो एमाले अध्यक्ष केपी शर्माओलीले उदघाटन गरेका थिए । महाधिवेशनमा देशभरका १०८० प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनले १९९ सदस्यीय केन्द्रिय समिति तथा तीन वटा केन्द्रीय आयोग बनाउने छ । नेतृत्व र समिति निर्माणका लागि मतदान हुने अवस्था आए बिद्युतीय मतदानको वयवस्था मिलाइएको छ ।

प्रतिक्रिया