आइतबार, जेठ ६, २०८१

एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियानका लागि पालिकामा खटायो केन्द्रीय नेताहरू (सूचीसहित)

मेरोन्यूज २०७९ फागुन ३ गते ६:३६

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पार्टीको ‘मिसन ग्रासरुट’ अभियान नाम दिएर दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान फागुन ५ गतेबाट शुरू गर्दैछ ।

Advertisement

अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम एमालेले तय गरेको छ ।

पार्टीले अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरूलाई पालिका तहमा खटाएको छ भने प्रदेश स्तरमा पदाधिकारीसहितको अनुगमन गर्ने र संयोजन गर्ने समिति बनाएको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागेको जनाएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूलाई खटाएको छ ।

अनुगमन र संयोजनका लागि प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई तोकिएको छ ।

मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल, बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई अनुगमन र संयोजनमा खटाइएको छ ।

त्यस्तै केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको संयोजनमा विशेष समिति बनाइएको छ । समितिमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी सदस्य छन् ।

अभियानमा केन्द्रका नेताहरू को कहाँ खटिए हेरौँ विवरण :


प्रतिक्रिया