बुधबार, जेठ २, २०८१

ओडीआईमा कुशलको पहिलो शतक

मेरोन्यूज २०७९ फागुन २ गते १६:४८

काठमाडौं । कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका हुन् ।

Advertisement

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ९९ बल खेल्दै ९ चौका र ४ छक्काको सहायतामा १०० रन बनाए ।

यो सँगै भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि, पारस खड्का, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले सतक बनाएका छन् ।

प्रतिक्रिया