बुधबार, जेठ २, २०८१

नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक प्रहार

मेरोन्यूज २०७९ फागुन २ गते १६:३०

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबिया र नेपालबीच खेल भइरहेको छ । 

Advertisement

नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् । 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४१.५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २३६ रन जोडेको छ । 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो । 

नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो । 

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।
 

प्रतिक्रिया