बिहीबार, जेठ ३, २०८१

ओडीआई क्रिकेटमा रोहित पौडेलको एक हजार रन पूरा

मेरोन्यूज २०७९ फागुन २ गते १५:१९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

Advertisement

आज नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएपछि उनी एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । यस्तै लिग टु मा पनि रोहित नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल जारी छ । नामिबियाविरुद्ध खेल जित्न नेपालले २८६ रनकाे लक्ष्य पाएकाे छ ।

प्रतिक्रिया