आइतबार, जेठ ६, २०८१

यातायात मजदुर र सरकारबीचको वार्ता सिंहदरबारमा जारी

मेरोन्यूज २०७९ फागुन २ गते ९:२७


काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारस्थि भौतिक पूर्वाधार तथा यातायातमा वार्ता जारी छ ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा जारी वार्तामा समस्या समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भइरहेको छ ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरलाई आइतबार नै वातामा बोलाएको थियो ।

वार्ता बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको उपप्रधाननमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।

सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गरेका थिए भने आज यातायात मजदुरले सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।

सार्वजनिक सवारी साधन नचल्दा नागरिकले सास्ती व्यहोरिरहेका छन् ।

प्रतिक्रिया