आइतबार, जेठ ६, २०८१

एमाले अध्यक्ष ओलीसँग भारतीय विदेश सचिवको भेटवार्ता

मेरोन्यूज २०७९ फागुन १ गते २१:२३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । सोमबार बिहान काठमाडौं आएलगत्तै राजनीतिक तथा कुटनीतिक भेटघाटमा ब्यस्त रहेका विदेशसचिव क्वात्राले साँझ ओलीसँग भेटवार्ता गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरलगत्तै उनी ओलीसँगको भेटका लागि ओली निवास बालकोट पुगेका थिए । भेटमा दुई पक्षिय सम्वन्धका विषयमा केन्द्रीत रहेर वार्ता भएको बताइएको छ ।

क्वात्राले आजै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्टपति विद्यादेवी भण्डारी, परराष्टमन्त्री विमला पौड्याल राई, परराष्ट सचिव भरतप्रसाद पौड्याल र परराष्टसचिव स्तरीय वार्तामा सहभागी भएका थिए । यी भेटघाट र वार्ता अलग-अलग स्थान र अलग अलग समयमा भएको थियो ।

उनले भोलि पनि भेटघाटलाई निरन्तरता दिने छन् । उनले भोलि महन्थ ठाकुर देखि सिके राउतसम्मलाई भेटने कार्यसूची छ । आफनो दुई दिने भ्रमण सकेर उनी भोलि नै दिल्ली फर्किनेछन् । जसकाकारण पनि उनको काठमाडौं उत्रे देखि नै भेटघाट र कार्यक्रम सेडुअल निक्कै चापमा देखिएको छ ।

प्रतिक्रिया