आइतबार, जेठ ६, २०८१

राष्ट्रिय सहमतिनै आजको आवश्यकता : जनार्दन शर्मा

मेरोन्यूज २०७९ फागुन १ गते २१:१३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको खाँचो रहेको बताएका छन् । आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्ख्याको कुरा नभई विभिन्न एजेण्डामा राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

Advertisement

सङ्ख्या के हो भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतमा देखिएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाएको विश्वासको मत नै राष्ट्रिय सहमतिको बलियो आधार भएको बताएका छन् ।

“उहाँले इतिहासकै सबैभन्दा बढी विश्वासको मत पाउनुभयो”, उनले भने, “अब संसद्मा सङ्ख्या गनेर काम छैन । राष्ट्रिय सहमतिको खाँचो छ भन्ने कुरा प्रधानमन्त्रीले पाएको विश्वासको मतले प्रष्ट पारेको छ ।”

देशको समस्या, आर्थिक अवस्था र परराष्ट्र नीति सबै कुरामा राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ थियो । “हिजो र आज गरेका गठबन्धनभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्नुपर्ने बेला आएको छ, अब गठबन्धनका कुरा गर्ने होइन”, उनले भने ।

प्रतिक्रिया