आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

मेरोन्यूज २०७९ फागुन १ गते १९:२५

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । दुई दिने भ्रमणका लागि आजै काठमाडौं आईपुगेका क्वात्राले साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो गरिएको छ ।
यधपी यसबारेमा यो समाचार तयार पार्दासम्म प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन ।

क्वात्राले प्रधानमन्त्रीसँग भेट गर्नु अगाडी कांग्रेसका सभापति शेरवहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यस अगाडी उनले आजै राष्टपति विद्यादेवी भण्डारी, परराष्ट मन्त्री बिमला पौड्याल राई , परराष्ट सचिव भरतराज पौड्याल लगायतसँग पनि भेटवार्ता गरेका थिए ।

उनले एमाले अध्यक्ष केपी ओली लगायतसँग पनि भेटने कार्यक्रम छ ।

प्रतिक्रिया